काठमाडौं, २७ चैत्र । नेकपा एमालेले तीन पूर्वअर्थमन्त्रीहरूलाई सहभागी गराएर मुलुकको आर्थिक अवस्थाबारे पत्रकार सम्मेलन गर्ने भएको छ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज होटल हिमालय कुपन्डोलमा मध्यान्ह १२ : ३० बजे पत्रकार सम्मेलन गर्न लागिएको छ।
उनले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न लागिएको बताए। कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुनेछन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र बिग्रँदै गएको बताएका थिए।सरकारले गर्भरनरलाई निलम्बन गरेकोलगायत समसामयिक विषयमा पनि एमालेले आज धारणा राख्न लागेको छ।
प्रतिक्रिया