सडकमा फाेहाेरकाे डंगुर, व्यवस्थापककाे वेवास्ता की स्थानीयकाे लापर्वाही ?

काठमाडौं, २६ चैत । विगत लामो समयदेखि नियमित रुपमा फोहोर उढ्न नसकेका कारण काठमाडौंमा थुप्रिएको फोहोरले व्यवस्थापनको निकास अझै पाएकाे छैन । सडक छेउमा फाेहाेर थुपारेर बाटाेमा हिड्न नै मुश्किल बनाउनु फाेहाेर व्यवस्थापककाे गल्ती हाे की उठ्दैँन भन्ने थाहा हुँदा हुँदै आफ्नै घरपसल अगाडी थुपार्नेकाे हाे ?

केही समयदेखि काठमाडौंको फोहोर नियमित रुपमा उठ्न सकिरहेको छैन। फोहोर व्यवस्थापन हुन नसक्दा विभिन्न चोकहरुमा सडकछेउ फोहोर थुप्रिएका छन्। फोहोरका कारण सडक दुर्गन्धित भएपछि आवतजावत गर्ने सर्वसाधारणलाई कठिनाइ भइरहेको छ। फाेहाेर व्यवस्थापन गर्न नसक्नु सम्बन्धित निकायबाट प्रकाशित सुचनालाई वेवास्ता गर्दै स्थानीयबाट हुने लापबार्हीले गर्दा दैनिक सडकमा फाेहाेरकाे डंगुर थुप्रने गरेकाे छ । फाेहाेरबाट हुने प्रदुषणकाे पहिलाे असर स्थानीयलाई भएतापनि चेतनाकाे कमी हाे या लापर्वाही बुझ्न आवश्यक रहेकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति