कानुनी मन्त्रीमा गोविन्द बन्दी नियुक्त, २ बजे शपथ

काठमाडौं, २४ चैत । अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् । नवनियुक्त मन्त्री बन्दीकाे बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम छ । बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति