नेप्से आज पनि दोहोरो अंकको गिरावट

काठमाडौं, २३ चैत । नेपाली सेयर बजार नेप्से बुधबार पनि दोहोरो अंकले घटेको छ । नेप्से २३ दशमलव ४१ अंकले घटेर २४ सय नजिक आइपुगेको छ । २४५१ मा खुलेको बजार २३ अंकको गिरावटपछि २४ सय २८ दशमलब ४१ बिन्दुमामा बजार बन्द भएको छ।

बुधबार २२६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार लगातार घटे पनि होटेल इन्डेक्स २ दशमलब ०२ प्रतिशत र अदर्श शून्य दशमलब ३२ प्रतिशतले बढेको छ । बुधबार नेश्डो लघुवित्त १० प्रतिशतले बढेर १५ सय ४५ दशमलव ५ रुपैयाँ, सोल्टी होटेल ३ दशमलब ९९ प्रतिशत बढेर २ सय ३७ र तारागाउँ ३ दशमलब ९४ प्रतिशतले बढ्दा अन्तिम कारोबार तीन सय ६९ रुपैयाँमा भएको छ। इमर्जिङ नेपालको नकारात्मक सर्किट लागेर ११ सय ९० दशमलव ७, ५ दशमलव ४७ प्रतिशतले घट्दा राष्ट्र उत्थान १६६० र बुद्धभूमि ४ दशमलक ०७ प्रतिशत घटेर अन्तिम कारोबार ५६६ रुपैयाँ भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति