स्थानीय तह निर्वाचन पछि झ्याप्पै राम्रा दिन आउँछः ओली

काठमाडाै, २१ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनपछि मुलुकमा राम्रो दिनको सुरुवात हुने बताएका छन् ।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनपछि आफ्नो पार्टी आउने र मुलुकका लागि राम्रो दिनको सुरुवात हुने दावी गरेकाे हो । निर्यात् उद्योग व्यवसायी महासंघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संघीय संसदको निर्वाचनपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकीर गरे । ओलीले आफ्नो पार्टी निकट निर्यात व्यवसायीहरुलाई पनि निर्वाचन प्रचारका लागि समय निकाल्न आग्रह गरे । अब कोभिड पनि समाप्त हुने चरणमा पुगेकाले व्यवसायीका लागि पनि अबको दिन भने राम्रो हुने उनको भनाई थियो । अध्यक्ष ओलीले भने, ‘अहिले त हामी चुनावतिर छौं । तपाईहरुले पनि यसो समय निकाल्नु होला । सके प्रचारप्रसार गर्नु होला । सक्नु भएन भने भोट हाल्नु होला । अव मैले यो भन्दा धेरै अरु केही भनिरहनु पर्ला जस्तो लाग्दैन । अव कोभिड पनि समाप्त हुँदैछ । हाम्रो राम्रा दिनहरु अव आउन सुुरु हुन्छ । स्थानीय तह निर्वाचन पछि राम्रा दिन सुरु हुन्छ । पछिको निर्वाचनबाट झ्याप्पै राम्रा दिन आउँछ ।’ ओलीले स्वदेशी बस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरुलाई आग्रह गरे । उनले अनावश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना बस्तुहरुको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए । ओलीले मुलुक रेमिट्यान्सले धानिएको उल्लेख गर्दै अब त्यसको भर पर्न नहुने पनि पटकपटक दोहोर्‍याए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति