श्रीलंकामा चार मन्त्री नियुक्त, राजपाक्षे दाजुभाइको राजिनामा माग गर्दै प्रदर्शन

काठमाडौं, २१ चैत । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले चार मन्त्री नियुक्त गरेका छन् । र उनीहरुले सपथ पनि लिएका छन् । आइतबारराति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए ।

देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका राष्ट्रपतिले चार मन्त्री नियुक्त गरेका हुन् । तर राष्ट्रपति गोटाबायाले आफ्ना भाइ बासिल गोटबायालाई भने मन्त्रिपरिषदमा स्थान दिएका छैनन् । यसअघि उनका भाइ बासिल वित्त मन्त्री थिए । राष्ट्रपति गोटाबाया, प्रधानमन्त्री महिन्द राजपाक्षे, बासिल दाजु भाइ हुन् । बासिलको ठाउँमा अली साबरीलाई वित्त मन्त्री बनाइएको छ । राष्ट्रपति गोटाबायाले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा आउन आह्वान गरेका थिए । देशको आर्थिक संकट समाधानका लागि काम नगरेको भन्दै नागरिकस्तरबाट राजपाक्षे दाजुभाइको राजिनामा मागेर प्रदर्शन भइरहेको छ । प्रदर्शन हिंसात्मक बनेपछि श्रीलंकामा संकटकाल लगाइएको छ । मुख्य शहरमा कर्फ्यू आदेश जारी गरिएको छ । सामाजिक सञ्जाल प्रयोगमा रोक लगाइएको छ । कर्फ्यू तोडेर नै प्रदर्शनकारी सडकमा निस्किएका छन् । श्रीलंकाको प्रदर्शनमा सहभागी एक महिला । सन् १९४८ मा वेलायती उपनिवेशबाट स्वतन्त्र भएको श्रीलंका त्यसयताकै गम्भीर आर्थिक संकटमा फसेको छ । विदेशी मुद्राको अभाव भएपछि श्रीलंकाले औषधिसहितका अत्यावश्यक सामग्री किन्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति