टी-२० त्रिदेशीय क्रिकेटः नेपालले फाइनल खेल दबावविना खेल्ने

काठमाडौं, २० चैत । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टी-२० त्रिदेशीय क्रिकेट सिरिजको फाइनल खेल दबावविना खेल्ने बताएका छन् ।

सोमबार पपुवा न्यूगिनी (पीएनजी) सँग हुने फाइनल खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सिरिजका अरु खेलमा जस्तै खेल्ने बताएका छन् । ‘हामीले जस्तो खेल्थ्यौ । फाइनलमा पनि त्यसरी नै खेल्छौं, कुनै प्रेसर लिदैनौं, हामी हाम्रो योजना अनुसार खेल्नेछौं’ उनले भने । उनले सिरिजका क्रममा घाइते भएका कमल सिंह ऐरीको अभाव भने महसुस हुने बताए । नेपालका मुख्य प्रशिक्षक पुबुदु नशानायकेले नेपाली युवा खेलाडीको खेलबाट आफू प्रभावित भएको बताए । ‘युवा खेलाडीको खेल देखेर खुसी छु नेपालको अहिले बेस्ट टिम छ’ उनले भने । पीएनजीका कप्तान अस्वत भालाले फाइनल खेललाई लिएर केही दबाव महसुस भएको बताए । ‘हामी लामो समयदेखि टी-२० फर्म्याट खेलेका थिएनौं । त्यही भएर गाह्रो भएको छ’ उनले भने । पीएनजीका प्रशिक्षकले नेपालसँगको एकदिवसीय खेल जिते पनि टी-२० मा पराजित भएको बताए । यद्यपि यो सिरिजले आफूहरुलाई फाइदा पुगेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति