पाकिस्तानी प्रधानमन्त्री खानद्वारा संसद्‍ विघटनको प्रस्ताव

काठमाडौं, २० चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रपति समक्ष संसद्‍ विघटनको प्रस्ताव गरेका छन् । आइतबार राष्ट्रको नाममा सम्बोधन गर्दै खानले राष्ट्रपति अरिफ अल्भीलाई संसद्‍ विघटनको सुझाव दिएका हुन् । आइतबार उप सभामुख कासिम सुरीको अध्यक्षतामा बसेको स‌ंसद् बैठकले खानविरुद्धको अविश्वासको प्रस्ताव अस‌ंवैधानिक रहेको भन्दै खारेज गरेलगत्तै राष्ट्रको नाममा सम्बोधन गर्दै उनले जनताहरुलाई नयाँ चुनावको लागि तयारी गर्न पनि आह्वान गरेका थिए ।

सभामुखविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएपछि उपसभामुख सुरीले संसद्‍को अध्यक्षता गरेका हुन् । उनले अविश्वास प्रस्ताव पाकिस्तानको संविधानको धारा ५ सँग बाझिएको बताएका थिए । यद्यपि औपचारिक रुपमा संसद्‍ विघटन भने भइसकेको छैन ।सभामुख असद वासेरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री खानले राष्ट्रपति समक्ष संसद्‍ विघटनको प्रस्ताव गरेको डन न्युजले जनाएको छ ।

बीबीसीका अनुसार खानले संसद्‍ विघटन गरी नयाँ चुनावका लागि राष्ट्रपति समक्ष प्रस्ताव गरेका छन् ।खानले विदेशी षड्यन्त्रमा सत्ता परिवर्तन गर्ने कोसिस भएको भन्दै आएका छन् । यसअघि उनले अमेरिकी सहयोगमा आफूलाई पदबाट हटाउने कोसिस भइरहेको आरोप लगाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति