काठमाडौं, १८ चैत । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिएकाे प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएकाे छ ।
काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्रबाट प्रहरीले पाँचजनालाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बताएका छन् । पक्राउ पर्ने मध्ये चारजना नक्कली परीक्षार्थी हुन् भने एकजना परीक्षार्थी नै हुन् । उनले अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका थिए । यद्यपि, अहिले फरार छन् । एसएसपी कुँवरका अनुसार घटनामा थप अनुसन्धान जारी रहेकाे जनाएका छन् ।
प्रतिक्रिया