ओलीको टिप्पणीः कांग्रेसले विदेशी सेना बोलाएर देशभक्त नेपालीको टाउको नेपालीले कटाएको

काठमाडौं, १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सधै ‘बिग्रिएका तत्व’ सँग घाँटी जोड्ने गरेको टिप्पणी गरेका छन्।

अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै ओलीले कांग्रेसले सधै लोकतन्त्र विरोधीसँग घाँटी जोड्ने समेत आरोप लगाए । ‘नेपाली कांग्रेसले कस्तासँग घाँटी जोड्न भने बिग्रिएका, सडेका, लोकतन्त्र विरोधी, राष्ट्रियता विरोधी, विकाउ मालहरु,’ आक्रोसित हुँदै ओलीले भने, ‘जबसम्म भाँडो काम लाग्छ त्यसलाई भाँडो भनिन्छ । काम नलाग्ने भएर कुच्चिएर चुइने भएपछि पत्रु भनिन्छ । हो त्यस्तासँग नेपाली कांग्रेसले घाँटी जोड्छ । थोत्रा तत्वहरु र पत्रु तत्वहरु, प्रतिगामी तत्वहरु । यस्ताहरुसँग कांग्रेसले एकता गर्छ । उहिले होस् कि अहिले होस् कांग्रेसको जातै त्यस्तै हो ।’ ओलीले विदेशी सेना बोलाएर देशभक्त नेपालीको टाउको कटाएको समेत आरोप लगाए। ‘डोटीमा गिरफ्तार गरेर भीमदत्तको टाउँको काटिएको थियो,’ ओलीले भने, ‘भन्दा राम्रो लाग्दैन तर नेपाली कांग्रेसले नै गरेको थियो । विदेशी सेना बोलाएर देशभक्त नेपालीको टाउको नेपालीले कटाएको थियो । नेपाली कांग्रेस यस्तै छ । मित्रहरुलाई दमन गर्ने, जो लोकतन्त्रको विरोधी छ, उसैसँग सधै घाँटी जोड्ने ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति