अफगानिस्तानका ९० लाख मानिस भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसङ्घ

काठमाडौ, १८ चैत । संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र ९० लाख मानिस भोकमरीको जोखिममा रहेकाे जनाएको छ ।

उनले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले आफगानिस्तानमा जीवन बचाउने सहायता प्रदानलाई निरन्तरता दिन दाताहरूलाई आह्वान गरेका छन् । अफगानिस्तानमा मानवीय अवस्था कमजोर रहेको भन्दै महासचिव गुटेर्रेसले तत्कालै थप सहयोग चाहिएको बताए । गएको वर्षको अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था नाजुक भएको छ । अफगानिस्तानमा द्वन्द्व समाप्त भए पनि मानव अधिकारको गम्भीर उल्लङ्घन भइरहेको छ । तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला अधिकार कटौती, मिडियाविरुद्ध आक्रमणलगायतका क्रियाकलाप गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति