४३ जिल्लामा दलीय भागबण्डामा भूमि आयोग अध्यक्ष तोकिए

काठमाडौं, १८ चैत । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।

सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष तोकेको थियो । ४३ जिल्लामा तोकिएका अध्यक्षको सपथ विहीबार भएको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिए । भूमि आयोगमा सरकारले मनोनित गरेका अध्यक्षहरु सत्तारुढ दलको भागवण्डाको आधारमा तय गरिएको छ । अध्यक्ष र भूमि विज्ञसहित अरु दुई जनालाई दलीय भागबण्डामा जिल्लामा मनोनित गरिने व्यवस्था छ । जिल्लामा डिभिजन वन, मालपोत, नापी, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिका १-१ जना भूमि आयोगको जिल्ला संरचनाको सदस्य हुने कार्याविधि छ । जिल्लानमा नापी कार्यालयको प्रतिनिधि सदस्य सचिव हुनेछन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगलाई विघटन गरेर ‘राष्ट्रिय भूमि आयोग’ गठन गरिएको थियो । भदौ २९ मा गठन गरिएको आयोगको केन्द्रमा सत्तारुढ दलले भागवण्डामा पदाधिकारी चयन गरेका थिए । नेपाली कांग्रेस निकट शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष छन् । माओवादी केन्द्र निकट नहेन्द्र खड्का उपाध्यक्ष बनेका छन् । कानुन, नापी, मालपोत विज्ञका रुपमा तीन जनाले केन्द्रमा नियुक्ति पाएका छन् । आयोगलाई भूमिहिनको पहिचान गरि जग्गा वितरण गर्ने अधिकार छ ।
बिहीबार सरकारले नियुक्त गरेका ४३ जिल्लाका अध्यक्षः

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति