३० केजी गाँजा गाडीको डिकीभित्रबाट बरामद


वीरगञ्ज , १८ चैत । लागु औषध ३० केजी गाँजा गाडीको डिकीभित्र लुकाएर लैजाँदै गर्दा सशस्त्र प्रहरीले बरामद गरेको छ ।


बिहीबार राति ९ः४५ बजे मजकुर सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको टोलीले पर्साको वीरगञ्ज महानगरपालिका–२० स्थित हर्पतगञ्ज सडकखण्डमा उक्त लागुऔषध गाँजा नम्बरप्लेट नभएको गाडिको डिकीबाट बरामद गरेको हो । टाटा इन्डिका गाडिको डिकीभित्र १६ केजी र १४ केजीको दुईवटा रातो प्लाष्टिकमा बेरिएको अवस्थामा गाजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।


बरामद गरिएका प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति