काठमाडौं, १७ फागुन । साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन अमर को रचनामा रहेको मायाको सागरू एल्बम विमोचनको क्रममा हिमालसँग संसारमा पहिलो पटक सागरको मिलन भएको छ ।
चर्चित भारतीय गायक कुमार साहनु र देविका वन्दनाको सुमधुर आवाजमा तिम्रो मायाको सागरमाुु रहेको गीत,चर्चित संगीतकार सन्तोष श्रेष्ठको रहेको छ एरेन्जर राजु कार्कीको रहेको छ । दोश्रो नम्बरको गीत आँखामा गाजल लाएरुु सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको छ ।

सन्तोष श्रेष्ठको संगीत एरेन्जर शुलभ घिमिरेको रहेको छ । तेस्रो गीत सोचें बाँच्ने आधारु गायक प्रविन भेटवालको स्वरमा रहेको छ भने संगीतरएरेन्जर पुष्कर सुनुवारको रहेको छ । एल्बमको अन्तिम गीत भने जब आफनाले तुच्छ वचन बोलेपछिू चिरञ्जीवी भण्डारीको स्वर र संगीत, एरेन्जरमा आशिष लामाको रहेको छ ।
ओएस नेपालको प्रस्तुतिमा रहेको मायाको सागर एल्बमभित्र रहेको गीतहरूले सम्पूर्ण संगीत मन पराउनु हुने स्रोताहरू माझ नयाँ उर्जा थपिएको छ ।
प्रतिक्रिया