खुल्यो ४ हजार सैन्य जवानका लागि भर्ति


काठमाडौं , १७ चैत । एकैपटक ४ हजार सैनिक जवान नेपाली सेनाले भर्ना गर्ने भएको छ ।


खुला तथा समावेशी प्रतिस्पर्धा छनोट गर्ने गरी सेनाको भर्ना छनौट निर्देशनालयले दरखास्त आह्वान गरेको हो । खुलातर्फ दुई हजार ९८ जना र बाँकी संख्या समावेशी कोटाहरुमा भर्ति हुने जानकारी गोरखापत्रमा प्रकाशित गरिएको छ । देशका विभिन्न भर्ना केन्द्रबाट वैशाख १६ गतेसम्म १५० दस्तुर रुपैयाँसहित दरखास्त दिन सकिनेछ । भर्नाकोलागि न्युनतम् ८ कक्षा पास गरेका र पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च तथा महिलाका लागि न्युनतम ५ फिट उचाइ हुनुपर्नेछ ।


१८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाहरुल भर्ना गर्ने अवसर पाउनेछन् । परीक्षा ५ जेठका लागि तोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति