तीन जना डीआईजी एआईजीमा बढुवा

काठमाडौँ, १७ चैत्र । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो ।

गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा समितिले चैत १ मा डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा सिफारिस गरेको थियो ।उनीहरुको बढुवाका लागि भएको सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको थियो । वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा कनिष्ठ रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको भन्दै चैत १३ तीन डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले लोक सेवा आयोगको ‘उजुरी सुन्ने’ समितिमा निवेदन दिएका थिए ।

लोकसेवाको उजुरी सुन्ने समितिले सिफारिसमा कुनै त्रुटि नदेखिएको भन्दै निष्कर्ष निकालेको थियो ।यस्तै, सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ । यसैगरी सरकारले यौन हिंसा नियन्त्रण र तेजाब आक्रमणविरुद्धको अध्यादेश ल्याउने गर्ने निर्णय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति