कांग्रेसको निर्वाचन परिचालन समितिले पायो पूर्णता (को को भए मनोनीत ? नामसहित)

काठमाडौं, १७ चैत्र । सत्तारुढ नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पूर्णता पाएको छ । सभापति शेरबहादुर देउवाले बुधबार ५५ जना सदस्य मनोनयन गर्दै निर्वाचन परिचालन समितिलाई पूर्णता दिएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको यही चैत १५ गतेको बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावका लागि उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो ।पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मनोनीत हुने सदस्यहरुमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरुबाट शशांक कोइराला, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, शेखर कोइराला, बालकृष्ण खाँणलगायत छन् ।समितिको बैठक बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा बस्ने समेत मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति