महानगर र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल : अध्यक्ष प्रचण्ड

काठमाडौं, १६ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै गठबन्धन हुने बताएका छन् ।चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस विषयमा बिहीबार सत्तारुढ गठबन्धनको बैठकमा छलफल हुने बताए ।

‘महानगर पालिका र उपमहानगर पालिकालाई सकेसम्म केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलिरहेकै छ । भोलि हामी गठबन्धनको बैठक बस्दै छौं’ उनले भने ।

सत्तारुढ गठबन्धनबीच स्थानीय चुनावमा कस्तो सहकार्य हुन्छ भन्ने विषय नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकपछि स्पष्ट भएको प्रचण्डले बताए ।कांग्रेसले स्थानीय आवश्यकता र परिस्थिति हेरेर चुनावमा तालमेल गर्ने निर्णय गरेको थियो ।

‘नेपाली कांग्रेसले हिजो एउटा निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यकता अनुसार गठबन्धन हुन्छ भन्ने कुरा चाहिँ स्पष्ट भएकै छ’ उनले भने, ‘हाम्रो पार्टीले आफ्नो शक्तिलाई सुदृढ गर्ने र तालमेल पनि गर्ने कुरा गरेको हुनाले आवश्यक तालमेलसहित चुनाव हुन्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति