काठमाडौं , १६ चैत । आज नेपालले त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत मलेसियासँग खेल्दैछ । दुवै टिमको यो दोस्रो खेल हो । नेपाल र मलेसियाले यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरिसकेका छन् ।
नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैछ । खेल साढे १२ बजे सुरु भएको हो । गत वैशाखमा नेपालमै भएको त्रिकोणात्मक शृङखलाको दुवै खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । उक्त खेल पश्चात् नेपाल र मलेसिया ११ महिनापछि खेल्न लागेका हुन् ।
अहिलेसम्म टी–२० मा नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेको छ । जसमा ६ खेल टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसमा नेपालले पाँच खेल जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।
प्रतिक्रिया