टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजलमा तनाव

काठमाडौं, १६ चैत्र । टिपरले ठक्कर दिँदा दुई जना बालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल क्षेत्र तनाव सिर्जना भएको छ। बुधबार बिहान गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको थियो।

बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गरेका थिए। उनीहरूले टिपरमा आगजनीसमेत गरेका छन्। अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी टोली खटिएको छ। प्रहरीले स्थानीयमाथि अश्रुग्याससमेत प्रहार गरेको छ।बाबुले चलाएको मोटरसाइकलमा सवार छोरीहरूको टिपरको ठक्करबाट मृत्यु भएको हो।

उनीहरू वल्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे।टिपरको ठक्करबाट मोटरसाइकल चालक रोहन घिसिङ घाइते छन्। उनका छोरीहरू सृष्टि र श्रेयाको भने मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक विशाल तामाङले बताए।घिसिङले मोटरसाइकलमा सृष्टि र श्रेयालाई राखेर स्कुल लैजाँदै थिए। बा ४ ख ६९६५ नम्बरको खाली टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो।चालकले टिपर ब्याक गरेको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति