दरबारमार्गको क्यासिनोबाट दुई नेपाली पक्राउ

काठमाडौं, १५ चैत्र । दरबारमार्गस्थित होटल अलोफ्टद्वारा सञ्चालित वाल्डो क्यासिनोबाट दुई नेपाली पक्राउ परेका छन्।पक्राउ पर्नेमा सुनसरीको साबिक बक्लौरी गाविस-२ का ४६ वर्षीय मदन कार्की र सर्लाही साबिक ढुंग्रेखोला गाविस-२ का ३३ वर्षीय बबिरमान भोलन रहेका छन्।

मंगलबार राति साढे ११ बजे उनीहरूलाई क्यासिनोबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।उनीहरूको साथबाट १५ थान क्वाइन र ९९ हजार रुपैयाँ बरामद भएको छ। यस्तै, प्रहरीले दुई थान भारतीय नक्कली आधार कार्ड बरामद गरेको छ।उनीहरूलाई जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। क्यासिनोमा नेपाली नागरिक छिर्न प्रतिबन्ध छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति