काठमाडौं , १५ चैत्र । त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले लगातार दोस्रो हार व्यहोरेको छ।
पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको पीएनजी दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भयो । मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले ३ बल बाँकी रहँदा १ सय ७२ रनमा अलआउट भयो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रन बनाए । ३५ बलको सामना गरेका उराले ७ चौका र २ छौका हाने ।
त्यस्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल तयार पारेको थियो । मलेसियाले भोलि बुधबार नेपालसँग खेल्नेछ।
प्रतिक्रिया