वित्तीय साक्षरता कार्यक्रम सानिमा बैंकद्धारा सम्पन्न


काठमाडौं , १५ चैत्र । सानिमा बैंक गोकर्णेश्वर कार्यालयले यही चैत १२ गते ग्लोबल मनि विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।


काठमाडौंको बौद्धमा रहेको शान्ति फाउन्डेसनमा गोकर्णेश्वर कार्यालयले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । शान्ति फाउन्डेसन गैर सरकारी संस्था जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागितामा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको थियो ।


देशका सातै प्रदेशमा सामाजिक उत्तरदायित्वअन्तर्गत सानिमा बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु आयोजन गर्दै आइरहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा एटीएम सञ्चालनमा रहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति