वैद्य माओवादीमा युवाको विद्रोह, पालिका निर्वाचनमा मोर्चाबन्दी गर्ने

काठमाडाै, १४ चैत । नेकपा माओवादी क्रान्तिकारी परित्याग गरी संयुक्त समाजवादी मोर्चा घोषणा गरेको छ ।

आज राजधानीमा पत्रकार सम्मेलन गरी युवा नेता सेवन्तराज भण्डारीको अध्यक्षतामा केन्द्रिय मोर्चा घोषणा भएको हो । मोर्चामा महासचिव सुर्य कार्की रहेका छन् । मोर्चा घोषणा गर्दै अध्यक्ष भण्डारीले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी क्रान्तिकारीले निर्वाचन बहिस्कार गर्ने निर्णयप्रति अग्रगमन चाहाने युवा पुस्ता तथा नेतृत्व पुरानै सोच र चिन्तनबाट परिचालित नहुने भन्दै आफू निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका हुन । भण्डारीले मोर्चाले देशै भर विचार मिल्ने अन्य पार्टीसंग चुनावी तालमेल गर्ने समेत स्पष्ट पारेका छन । उनले आफुहरुसंग वैधानिक दल दर्ता नभएको अवस्थामा अन्य दलको निर्वाचन चिन्हबाट स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

नवगठित संमुक्त समाजवादी मोर्चाका पदाधिकारी तथा सदस्यहरुः
अध्यक्ष — सेवन्तराज भण्डारी
महासचिव– सुर्य कार्की
केन्द्रिय सदस्यहरु
जितेन्द्र लम्साल
दिपक पोख्ररेल
कृष्ण सुनार
मीन गिरी
डिल्लीराज मुडबरी
जितेन्द्र फुयाल
रवि सापकोटा
ह्ेमराज पाण्डे
प्रकाश पाण्डे
विजय चापागाई
किरण न्यौपाने
बसन्त विश्वकर्मा

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति