श्री ङतभुलु अजिमा १२ वर्षे जात्रा सुरु (फाेटाेफिचर)

काठमाडाै, १४ चैत । श्री ङतभुलु (नरदेवी) अजिमाको १२ वर्षे जात्रा सुरु भएको छ। उक्त जात्राको शुरुवात भयो भन्ने जानकारीका दिन आइबार ङतभुलु (नरदेवी) अजिमाको द्यः छेँबाट देवगण नरदेवी मन्दिर परिसर पुगेको थियो।

​सम्पूर्ण देवगण र बाजागाजाका साथ देश परिक्रमा गर्दै देवदेवीको मन्दिर र दोबाटोमा द्यः ल्हाये गर्दै र भक्तजनहरुको पूजा थाप्दै द्यः छेँ, नरदेवी मन्दिर, टेंगल, न्ह्योखा, थाय्मदु, असन, बालकुमारी, जनबहाल, इन्द्रचोक, तारिणीबहाल मखन, हनुमानढोका चिकंमुगल, जैशीदेवल, कोहिति, भिमसेनस्थान, मरु, यटखा र नरदेवी हुँदै सोमबार द्यःछेँय्मा भित्र्याइनेछ। प्रत्येक वर्ष पाहाँचह्रेको बेलुकी द्यः छेँबाट सम्पूर्ण देवगण सुसज्जित वस्त्र, मुकुट, मुकुण्डो र आभूषणका साथ नरदेवीको दबलीमा ल्याई नचाउने परम्परा रही आएको छ। जुन नाच भोलिपल्ट साँझसम्म नचाइन्छ। साथै प्रत्येक १२ वर्षको जात्राको अवसरमा विभिन्न ठाउँमा गई नचाउनु पर्छ। तर, प्रत्येक १२ वर्षा स्वेतकालीका देवीगणलाई ५ दिन अगाडि नै रातभर नगर परिक्रमा गराइन्छ। स्वेतकालीको तान्त्रिक नृत्यमा अष्टमात्रृका गण लगायत १२ देवीको सहभागिता रहने गर्दछ। जात्रामा पञ्चवली पनि दिने गरिन्छ। वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा, लुती अजिमा स्थापना गरी खटजात्रा चलाएका हुन् ।

नरदेवीको स्वेतकाली ङतभुलु अजिमाको १२ वर्षे जात्राको अवसरमा सोमबार नगर परिक्रमका साथ नाच प्रदर्शनी गर्दै देवगण ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति