काठमाडौं । ज्योति फिल्म: म्युजिक अवार्ड–२०७८ एक समारोह बीच सम्पन्न भएको छ । समारोहमा वरिष्ठ कवि एवं गीतकार सुरेन्द्र महर्जन अमर ज्योति फिल्मस् म्युजिक अवार्ड ( २०७८, लाइफ टाइम एचिभमेन्ट अवार्ड (२०७८ बाट उनलाई सम्मान गरिएको छ ।
तीन दशकभन्दा बढी साहित्य सृजना , दुई दशकभन्दा बढी सांगीतिक यात्रा दुई दशक भन्दा बढी चित्रकला यात्रा खर्चिका उनको समयको मुल्यांकन गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ गायक लोक सम्राट कुमार थापा, वरिष्ठ कलाकार एवं निर्देशक तुलसी घिमिरे, वरिष्ठ गायिका देविका वन्दना, चलचित्र बोडका अध्यक्ष दयाराम दाहाल, वरिष्ठ संगीतकार राजु सिंह, नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, ज्योति फिल्मस् सम्मान–२०७८ बाट सम्मानित भएका छन् । प्रमुख अतिथिमा दयाराम दाहाल रहेको थियो । विशिष्ट अतिथिहरूमा कुमार बस्नेत, तुलसी घिमिरे रहेका थिए
३५ विद्यामा अवार्ड पाउनेहरूमा गायकमा चिरञ्जीवी भण्डारी, नेपाली एवं विभिन्न भाषाका गायक, गायिका, मोडल आदिलाई अवार्डबाट सम्मान गरिएको थियो ।
प्रतिक्रिया