काठमाडौँ, १४ चैत्र । पपुवा न्यु गिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय शृंखलामा ‘क्लिन स्विप’ हार भोगेको नेपाल त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा केन्द्रित छ ।
नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिलो खेलमा पीएनजीको सामना गर्दैछ । पीएनजीले टस जितेर नेपाललाई ब्याटिङमा बोलाएको छ । नेपालबाट सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, लोकेश बम, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी र सागर ढकाल खेलिरहेका छन् । नेपाल, पीएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा एकले अर्को टोलीसँग दुई पटक खेल्ने छ र शीर्ष टोली फाइनल खेल्नेछ ।
प्रतिक्रिया