प्रचण्ड रोल्पा जाँदै, लिबाङमा आमसभालाई सम्बोधन गर्ने

काठमाडौं, १४ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाँदैछन्।युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको ‘जनयुद्ध स्मृति टावर’को उनले उद्घाटन गर्नेछन्।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ। कतिपयको शालिक पनि राखिएको छ।

करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए।यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति