कांग्रेस केन्द्रीय समितिः मागियो अर्थमन्त्री शर्माकाे राजीनामा

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । यसअघि शुक्रबार पहिलो दिन पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गरेको र तत्काल ‘सुधारको कदम’ आवश्यक रहेको प्रसंगले बैठकमा प्रवेश पाएको थियो । केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले भने पार्टीकै नेतृत्वमा सरकार हुँदा अर्थतन्त्र अप्ठ्यारोमा परेको भन्दै प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

ललितपुरको सानेपा आइतबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति