चुनावको कार्ययोजना बनाउन एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं , चैत्र १३ । नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने छ ।

बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । नेकपा एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् । चार जना पदेन सदस्यसमेत छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति