नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ आज हाइकिङ् जाँदै

काठमाडौं, १२ चैत्र । तीन दिने भ्रमणका लागि नेपाल आएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज हाइकिङ जाने भएका छन्।

वाङ शनिबार बिहान हाइकिङ जाँदैछन्।शनिबार बिहान विदेश मन्त्री वाङ यी हाइकिङका लागि शिवपुरी जाँदैछन्। यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि पुगेका थिए। शिवपुरीको हाइकिङबाट फर्किएपछि वाङ राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्। वाङले परराष्ट्र मन्त्री नारायण खड्कासँग दुई पक्षीय वार्ता गर्ने छन्।

शनिबार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि उनी चीन फर्किने कार्यक्रम रहेको छ।यी ले काठमाडौंबाटै पोखरा क्षेत्रीय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको सुरक्षा स्रोतले बतायो। शुक्रबार साँझ नेपाल अवतरण भएसँगै उनी बत्तिसपुतलीस्थित होटल द्वारिका गएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति