काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने बताएका छन्।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफू विद्यार्थी राजनीति गर्दादेखि नै चितवनमा चुनाव जित्न नसकेको बताए।
‘चितवनमा कांग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन। जहिले हारेको हारेइ। कहिले जित्दा पनि जित्दैन’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘ मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको हुँ। यहाँ भएका साथी मध्ये कोही त जन्मनु पनि भएको थिएन होला।’
देउवाले नेकपा (एमाले) लाई हराउन पनि गठबन्धन बनाउनुपर्ने बताए। उनले चितवनमा कांग्रेस एक्लै लड्नुपर्छ भन्ने नेता कार्यकर्तालाई चुनाव नजिते के गर्नुहुन्छ भन्ने प्रश्न पनि गरे।
‘ओलीको आतंक यति चाँडै बिर्सने’ देउवाले भने, ‘गठबन्धन बिना चुनाव जितेर देखाउनु। जितेन भने मैले जान्या छु। जितेन भने के गर्नु हुन्छ ?’
प्रतिक्रिया