‘झम्के साँझ’ भन्दै आए पल शाह

काठमाडौं । अभिनेता पल शाहको अभिनय रहेको ‘झम्के साँझ’ बोलको गीतको भिडियो रिलिजमा आएको छ ।

लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् । गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छिन् । भिडियोमा रोदी घरमा हुने ‘भम्के साँझ’मा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सालाई निर्देशक दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पारेका छन् । भिडियोमा अर्जुन तिवारीको छायांकन, मनोज कार्कीको सम्पादन र कलर रहेको भिडियो गायक गिरीकै अफिसियल युट्युव च्यानलबाट बजारमा ल्याइएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति