गठबन्धन गरेर जानुपर्ने पौडेलको निचोड

काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाकेका थिए ।

सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए/नभएको छलफल गर्न नेता पौडेलले बैठक डाकेको बाजुरा जिल्ला सभापति रामसिंह रावलले जानकारी दिए ।‘स्थानीय तहको निर्वाचनमा तालमेल गनुपर्छ भन्ने भएको छ । तालमेल गर्ने अधिकार तल्लो कार्यसमितिलाई नै दिनुपर्छ भनेका छौं’, रावलले भने, ‘निर्णय केन्द्रबाट लाद्नु भएन । यही सुझाव हामीले उहाँलाई दिऔं ।’बैठकमा सहभागीले तालमेलको आवश्यकता रहेको सुझाव पौडेललाई दिएका थिए । तालमेल गर्दा स्थानीय आवश्यकता अनुसार हुनुपर्ने सुझाव दिएको रावलले बताए ।

विधान अनुसार प्राप्त अधिकार तल्लो संरचनाले प्रयोग गर्न पाउनुपर्ने जिल्ला सभापतिहरुले माग राखेका थिए ।बैठकमा कानुनमन्त्री दिलेन्द्र बडु, केन्द्रीय सदस्यद्वय डा. शशांक कोइराला र दीपक गिरी सहभागी थिए । जिल्ला सभापतिहरुमा रावल सहित तनहुँका जीतप्रकाश आले,पाल्पाका हिमालदत्त श्रेष्ठलगायत सहभागी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति