काठमाडौँ, ११ चैत । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला छ सय ले बढेर एक लाख नाै सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सय मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९९ हजार ८०० थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार ४०० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया