चितवन पुगेर प्रचण्डले भने :तपाईंहरु लाल माडी निर्माणको अभियानमा जुट्नु भएको छ शुभकामना

काठमाडौं, चैत्र १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहानैदेखि चितवनमा व्यवस्थ रहे । आफ्नो क्षेत्रअन्तर्गतको माडीमा पुगेर उनले सडक र पुल उद्घाटन गरे।चेपाङ समुदायको नमुना बस्तीको समेत उदघाटन गरेका प्रचण्डले त्यहाँका शहीद परिवारसँग भेटघाट समेत गरे ।

उनीहरुसँगै खाना उनले माडीका स्थानीय जनप्रतिनिधिलाई धन्यावाद समेत दिए ।माडी माओवादीले जितेको पालिका हो । त्यहाँका जनप्रतिनिधि लालमाडी बनाउन लागेको भन्दै शुभकानासमेत दिए । ‘तपाईंहरु लाल माडी निर्माणको अभियानमा जुट्नु भएको छ,’ उनले भने, ‘त्यसको सफलताको शुभकामना व्यक्त गर्दछु।

पार्टी नेतृत्व र जनप्रतिनिधिको हैसियतले म तपाईंहरुको साथमा हुनेछु।’प्रचण्डले माओवादीका लागि निर्वाचन सामान्य चुनाव मात्रै नरहेको बताए। ‘निर्वाचन आउँछ जान्छ, जित र हार हुन्छ तर हाम्रो लागी यो निर्वाचन सामान्य चुनाव मात्र होइन,’ उनको भनाइ छ, ‘माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुनेछ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति