बेलायती प्रधानमन्त्री जोन्सनले युक्रेनलाई थप ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने

काठमाडौं, १० चैत्र । बेलायतले युक्रेनलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई करिब ६,००० अतिरिक्त क्षेप्यास्त्र दिने घोषणा आज गर्न लागेका हुन्। उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरूको ब्रसेल्समा हुने बैठकमा प्रधानमन्त्री जोन्सनले युक्रेनी सेनालाई क्षेप्यास्त्रसँगै २५ मिलियन पाउण्डको आर्थिक सहयोगकोसमेत दिने घोषणा गर्नेछन्। युक्रेनलाई सैन्य र आर्थिक सहायता दिनका लागि बेलायत सँगै काम गर्नेछ।

यस्तै बेलायतले सो क्षेत्रमा युक्रेनी र रूसी भाषामा बिबिसी सेवाका निम्ति ४१ लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने भएको छ।यसअघि बेलायतले करिब ४ हजार क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ।बेलायती अधिकारीका अनुसार पछिल्लो सहायता यसअघि मानवीय तथा आर्थिक सहायताका लागि घोषणा गरिएको ४० करोड पाउन्ड स्टर्लिङभन्दा अतिरिक्त हो। ‘युक्रेनीसेनालाई सैन्य र आर्थिक सहयोगमा बेलायतले सहयोगी भूमिका निभाउनेछ’, प्रधानमन्त्री जोन्सनले भने’, हाम्रो सहयोगबाट युक्रेनको सुरक्षा मजबुत हुनेछ।’विगत एक महिनादेखि रसियाली सेनाको सामना गरिरहेको युक्रेनलाई अन्तर्राष्ट्रिय समुदायले थप सहयोग गर्नुपर्ने जोन्सनले बताए।

राष्ट्रसंघको सुरक्षा परिषदमा चीनले मात्र दियो रूसलाई भोट

युक्रेनमाथि आक्रमण गरेको एक महिना बित्दा रूसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरेको एउटा प्रस्ताव पनि फेल भएको छ।

समाचार संस्था एपीका अनुसार बुधबार सुरक्षा परिषदमा रूसले युक्रेनमा मानवीय सहायता गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो।

युक्रेनमाथि भइरहेको रूसी आक्रमणबारे उल्लेख नै नगरी आएको उक्त प्रस्तावलाई बाँकी सदस्य राष्ट्रहरूले अस्वीकार गरिदिएका हुन्।

रूसको प्रस्तावका पक्षमा चीनले मात्रै भोट हालेको थियो।

भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरेका थिए। १५ सदस्यीय सुरक्षा परिषदबाट कुनै प्रस्ताव पारित हुन ९ राष्ट्रले पक्षमा मत हाल्नुपर्छ। आफ्नो र चीनको मात्रै भोट पाएपछि सुरक्षा परिषदको स्थायी सदस्य रहेको रूसको उक्त प्रस्ताव असफल भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति