काठमाडौं, १० चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा गठबन्धन हुँदैन भनेर नेपाली कांग्रेसले कहिल्यै नभनेको बताएका छन्।
तर कांग्रेसका केही मान्छेले गठबन्धन हुन्न भनेको उनको भनाइ थियो।आज चिनवनमा प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै सत्तागठबन्धन स्थानीय निर्वाचनमा मिलेर जाने बताए।‘नेपाली कांग्रेसले हामीसँग गठबन्धन नगर्ने भनेकै छैन। त्यहाँका केही मान्छेले मात्रै भनेका हुन्,’ प्रचण्डले भने।
प्रचण्ड आज माडीका विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुनेछन्। उनी शुक्रबार काठमाडौं फर्कने छन्।
प्रतिक्रिया