नेप्सेमा २० अङ्कले ह्रास, दुई अर्ब चार करोड ६३ लाखकाे काराेबार

काठमाण्डौ, ९ चैत । दुई दिन लगातार बढेको नेप्से आज घटेको छ । नेप्से आज २० दशमलव ३४ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ३६ विन्दुमा झरेको छ ।

व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय २६ वटा कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर दुई अर्ब चार करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको आठ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज बुद्धभूमि हाइड्रोको शेयर सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति