लोकन्थलीमा शववाहनसँग ठोक्किँदा मोटरसाइकल जल्यो, चालक घाइते

काठमाडौं, ९ चैत्र । भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जना घाइते भएका छन् । मोटरसाइकलमा आगो लागेको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको परिचय खुलेको छैन ।

प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल बिहान लोकन्थलीमा ठोक्किएका थिए । मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति