काठमाडौँ, ८ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेसको विकास निर्माणका लागि आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेको बताएका छन् । उनले एमाले वास्तविक मधेसको जय होस् भन्ने पार्टी भएको दाबी गरे ।
समाजवादी जनता पार्टी ९सजपा०का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धर र लोसपाका केन्द्रीय सदस्य शिव पटेललगायत नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै ओलीले मंगलबार उक्त अभिव्यक्ति दिएका हुन् ।
मन्तव्यका क्रममा पटेलले जय मधेस भनिराख्ने बानी परेकोले अहिले पनि भन्न पुगेको बताएका थिए । सोही कुरालाई उल्लेख गर्दै ओलीले एमालेमा प्रवेश गरेपछि जय मधेसु भन्न मिल्ने बताएका हुन् । एमालेमा आएपछि जय मधेस भन्न मिल्यो । जय मधेस भन्नका लागि अब मज्जाले मिल्यो । एमालेमा आएपछि जय मधेस बल्ल हुन्छ, उनले भने ।
तराई(मधेस लक्षित धेरै विकास निर्माणका योजना आफ्नो कार्यकालमा सुरु भएको र तिनको काम अगाडि बढेको भन्दै ओलीले भने, एमाले त हो जय मधेसवाला । जय मधेस एमालेले गर्ने हो । जय मधेस गर्ने ठाउँमा आइपुग्नुभएको छ । ढुक्क हुन : अब जय मधेस , यस्तै ओलीले आफू प्रधानमन्त्री रहेका बेला हुलाकी राजमार्ग निर्माण गरेको, मदन भण्डारी, उत्तर-दक्षिण राजमार्ग निर्माणको काम अगाडि बढाएको बताएका थिए । चक्रपथ र सहरी विकासका काम गरेको तथा जनतालाई घर बनाएर दिएको लगायत काम गरेकाले मधेसको पार्टी एमाले भएको ओलीले जिकिर गरे ।
यस क्रममा ओलीले तराईका दलहरूको भने आलोचना गरेका थिए । उनीहरूले उठाएका पहिचानका मुद्दाको पनि उनले कडा आलोचना गरेका छन् । तराई ठगिखाने भाँडो भयो । तराईका मुद्दा भन्यो । तराईका मुद्दामाथि फेरि आयो पहिचानको राजनीति । एउटा हुन्डरी ल्याउने र जातीय, धार्मिक, भाषिक साम्प्रदायिक ढंगले झगडाको खेती लगाउने, झगडाको खेती बेस्सरी फस्टाओस् भनेर गोलमेल गर्ने काम भयो, ओलीको भनाइ थियो ।
त्यस्तो गर्नेहरू को थिए भन्ने कुरा उनले खुलाएनन् । २०७४ सालको चुनावपछि बनेको आफ्नो नेतृत्वको सरकारले तराई लक्षित धेरै विकास निर्माणका काम गरेको ओलीको दाबी थियो ।
प्रतिक्रिया