आईसीसी विश्व कप क्रिकेटः नेपालका लागि पीएनजीले एक सय ७४ रनको लक्ष्य

काठमाण्डौ, ८ चैत । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एक सय ७४ रनको लक्ष्य पाएको छ ।

दुबई क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै चार सोपरले २२ र लेगा सिकाले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले दुईरदुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एकरएक विकेट लिए । आज नेपालका भीम सार्कीले एकदिवसीयमा डेब्यु गरेका छन् । यस्तै नेपालले तीव्र गतिका बलर विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखेको छ । यो शृङ्खलामा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो भने यूएईसँग दुवै खेलमा पराजित भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति