उपाध्यक्ष विष्णु पौडेलसहित एमाले नेता चीन प्रस्थान

काठमाडौँ, ७ चैत्र । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीत प्रस्थान गरेका छन् ।

पौडेलको नेत्रित्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् ।

उपाध्यक्ष पौडेल नेत्रित्वको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनीहरू यही चैत १४ गते मात्रै नेपाल फर्किनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति