काठमाडाै, ६ चैत । सिने पत्रकार एवं लेखक जीवन पराजुलीको पुस्तक ‘क्लोज अप’ सार्वजनिक भएको छ ।
नेपाली सिने जगत र चलचित्र उद्योगलाई विकसित तुल्याउन लागि पर्ने ६१ पात्रका कथा र उनीहरुको योगदानलाई पुस्तकमा समेटिएको लेखक पराजुलीले बताए । पुस्तकमा नेपाली सिने जगतमा नेतृत्वदायी भुमिकामा रहेर काम गरेका महिला, सिने नगरीमा अहिलेसम्म योगदान दिएका निर्देशक र कलाकारहरुको बारेमा तथ्यपरक रुपमा लेखिएको लेखक पराजुलीको रहेकाे छ । उनले पुस्तकमा नेपाली सिने क्षेत्रका विभिन्न कालखण्डका व्यक्तिहरुको बारेमा ५० वर्षे नेपाली सिनेमा क्षेत्रमा देखा परेका समस्या, सबल पक्ष र वर्तमान अवस्थालाई व्याख्यात्मक रुपमा विश्लेषण भएको छ ।
लेखक पराजलीले भने, ‘यो पुस्तकको रुपमा आए पनि यो मैले डेढ दशकदेखि गरिरहेको सिने पत्रकारीताको प्याकेज हो । हामीले फरक फरक स्टोरी एक एक व्यक्तिका त गर्दै आएका छौँ तर यो एउटा एकै ठाउँमा व्याख्यात्मक रुपमा ६१ जना नेपाली चलचित्र क्षेत्रका विभिन्न कालखण्डका पात्रहरुका अनुभवलाई उहाँहरुकै दृष्टिकोणबाट हिजोको नेपाली चलचित्र, बीचमा र आज कस्तो छ भन्ने कुराहरु लेखेको छु । नेपाली सिने जगतको ५० वर्षे इतिहास पुग्दासम्म कस्तो रह्यो त नेपाली सिने नगरी भन्ने बारेमा लेखेको छु ।’ लेखक पराजुलीले यो पुस्तकमा २०२६ सालदेखिको नेपाली चलचित्रको बारेमा विस्तृतरुपमा जानकारी मिल्ने बताए । उनले नेपाली चलचित्र शुरु भएदेखिको चलचित्र क्षेत्रको नेतृत्व, मतभेद, शाही नेपाली चलचित्र संस्थानमा भएको मत मतान्तरका बारेमा पनि पुस्तकमा खुलाइएको बताए । लेखक पराजुलीले नेपाली चलचित्र शुरु भएको बेलामा नेतृत्व गरेका यादव खरेल, स्व. चेतन कार्कीको बारेमा पनि पुस्तकमा विस्तृतमा समेटिएको पनि बताए। लेखक पराजुलीले पुस्तकमा विशेष गरेर नेपाली सिने क्षेत्रका कलाकारहरुका चुनौति र सफलताको बारेमा पनि पुस्तकमा समावेश गरेको बताएका छन् ।
प्रतिक्रिया