यौनकर्मीको दृश्य हटाएर प्रकाश सपुतले पुन : अपलोड गरे गीत, पुरानो हटाइयो

काठमाडौँ, ५ चैत्र । गायक प्रकाश सपुतले एक साताअघि ल्याएको आफ्नो नयाँ गीत ‘पिर’ युट्युब च्यानलबाट हटाएका छन् ।

शनिबार साँझसम्म एक सातामै एक करोड ४ लाखभन्दा बढी भ्युज पाएको पूरानो गीतलाई हटाएर दृश्य सम्पादन गरेर पुन अपलोड गरेका छन् ।

नेकपा माओवादीका नेता तथा कार्यकर्ताको चौतर्फी विरोधपछि गायक सपुतले युट्युबबाट गीत हटाउन यसअघि नै पटक पटक दबाब र विज्ञप्ति नै लेखेर निर्देशन दिइएको थियो ।यद्यपि, एक सातासम्म माओवादी नेता तथा कार्यकर्ताको दबाबलाई बेवास्ता गरेका सपुतले शनिबार साँझ दृश्य सम्पादन गरेर पुनः भिडियो अपलोड गरेका छन् । अहिले अपलोड भएको गीतमा यसअगाडि समावेश यौनकर्मीको भाग हटाइएको छ भने अन्य कुराहरू जस्ताको तस्तै राखिएको छ । पहिला अपलोड भएको भिडि‌ओमा श्रीमती तीन महिनासम्म विदेश गएपछि पीर मेटाउन यौनकर्मीकोमा पुगेको भाग हटाइएको हो । एक टेलिभिजन च्यानलसँगको अन्तरवार्तामा पनि सपुतले उक्त दृश्यले आफूलाई पनि असहज महसुस भएको बताएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति