प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती सबस्टेसन उद्घाटन

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ खिम्ती २२०र१३२ केभी सबस्टेसन उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको साँखेमा निर्मित उक्त सबस्टेसनको शनिबार बिहान उद्घाटन गरिएको हो ।

तामाकोसी, लिखु र गर्ज्याङ करिडोरमा रहेका जलविद्युत् आयोजना यो सबस्टेसन र प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछन् । ती करिडोरमा बन्ने आयोजनाको बिजुली प्रसारण र वितरणका लागि यो सबस्टेसन निकै महत्त्वपूर्ण मानिएको छ ।माथिल्लो तामाकोसीको ४५६ मेगावाटसहित अरू निजी क्षेत्रबाट सञ्चालित आयोजनाको समेत गरेर करिब १ हजार मेगावाट बिजुली यो सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जाने माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले बताएका छन् ।

तामाकोसी–खिम्ती–ढल्केबर र खिम्ती–बाह्रबिसे प्रसारण लाइन यो सबस्टेसनसँग जोडिएका छन् ।तामाकोसी करिडोरको बिजुली तामाकोसी–खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरमा रहेको ४ सय केभी सबस्टेसनमा जोडिएको छ । त्यसले पूर्वी तराईका जिल्लामा बिजुली आपूर्ति गर्न सहज भएको छ । त्यस्तै, १३२ केभी क्षमतामा खिम्ती–बाह्रबिसे प्रसारण लाइन बनेको छ । यो प्रसारण लाइनमार्फत तामाकोसीको बिजुली काठमाडौंसम्म आउँछ । काठमाडौं उपत्यकामा बढ्दो बिजुली माग धान्नका लागि पनि यो सबस्टेसन र प्रसारण लाइन महत्त्वपूर्ण ठानिएको छ ।

जीआईएस प्रविधिबाट बनेको २२० केभी क्षमताको यो पहिलो सबस्टेसन हो । तामाकोसीका मात्र नभई लिखु र गर्ज्याङ करिडोरमा रहेका आयोजना यो सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जानेछन् । ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु–४ र २९ मेगावाट उत्पादन क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको बिजुली यो सबस्टेसनमा जोडिइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति