अन्तरगृह परिक्रमका कारण जनकपुरको होली शनिबार

काठमाडौं ४ चैत । हिजो पहाडी भेगमा धुमधामका साथ होली मनाइयो । तराई–मधेशमा पूर्णिमाको दिन होलिका दहन गरेको भोलिपल्ट मात्र होली मनाउने चलन छ । सोही अनुसार तराई मधेसमा हिजो होलिका दहन भएपछि आज होली मनाइएको छ । तर जनकपुरलगायत विभिन्न क्षेत्रमा भोलि शनिबार पनि होली मनाइने भएको छ ।

जनकपुरका पत्रकार एवं संस्कृतिकर्मी सुजित झाका अनुसार अन्तरगृह परिक्रमाका कारण जनकपुरलगायत आसपासका क्षेत्रमा यो वर्ष शनिबार मात्र होली मनाइनेछ । १५ दिने मध्यपरिक्रमा सकेको भोलिपल्ट जनकपुरमा नौ किलोमिटर अन्तरगृह परिक्रमा हुन्छ । १५ दिने मध्यपरिक्रमा विहीवार सम्पन्न भएको छ । आज अन्तरगृह परिक्रममा भएको कारण माछा मासु नखाने, निराहार बस्ने भक्तिभावका कारण होली एकदिन पछाडि सारिएको हो ।

अन्तरगृह परिक्रमका कारण जनकपुरमा बजारमा चहलपहल भएकाले व्यापार व्यावसाय पनि राम्रो हुने गरेको छ । त्यही भएर त्यहाँका स्थानीय आजको दिन होली मनाउँदैनन् । कुनै कुनै ठाउँमा रंग अविर लगाएर रमाइलो गरिन्छ । तर आधिकारिक रुपमा अर्थात तिथिअनुसार यो वर्ष मिथिला क्षेत्रमा होली शनिबार हुनेछ । जनकपुर अर्थात् धनुषा आसपासका जिल्ला महोत्तरी, सिरहा, सर्लाही लगायतका जिल्लामा दुई दिन होली मनाउनेछन् । परिक्रमको महत्व जसले बुझेका छन्, जो जो परिक्रममा सहभागी भएका हुन्छन्, ती आज शुक्रबारको दिन होली मनाउँदैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board