तेस्रो ओभरमै नेपालको तीन विकेट गुम्यो

चैत, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० ओभरमा तीन विकेट गुमाएको छ ।

यसअघि युएईले ४६ ओभर तीन बलमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेको थियो । यूएईका चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाए ।

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले चार विकेट लिए । नौ ओभर बलिङ गरेका सोमपालले ३९ रन खर्चिए । यसबाहेक, करण केसीले तीन विकेट लिए । उनले ७.३ ओभर बलिङ गर्दा एक मेडनसहित १६ रन खर्चिए । यस्तै, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक विकेट हात पारे ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो । डिभिजन २ मा नौ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको युएईले १५ खेलबाट १८ अंक जोडेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board