धनगढीबाट इटालियन पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं चैत । धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान इटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रम्हदेव यादव रहेका छन् ।

उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्यागाजिन समेत बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board