अमेरिकी संसदमा सम्बोधनः युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे वाचा, रुससँग अन्तिम समयसम्म लड्ने

काठमाडौ, २ चैत । युक्रेनले २१ दिनदेखि रुसको आक्रमण झेलिरहेको स्थितिमा राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अमेरिकी संसदमा सम्बोधन गरेका छन् । जेलेन्स्कीले भिडिओमार्फत सम्बोधन सुरु गर्नुअघि सबै सांसदहरूले उभिएर ताली बजाउँदै सम्मान प्रकट गरेका थिए ।

अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सहयोग र सद्भावका लागि अमेरिकी सरकार र नागरिकलाई धन्यवाद दिँदै रुससँग अन्तिम सेकेन्डसम्म पनि लडिरहने र कहिल्यै हार नमान्ने दृढता व्यक्त गरेको छ । उनले युक्रेन अहिले आफ्नो देशको रक्षाका लागि मात्रै नभइ समग्र युरोप र विश्वभरका देशको सार्वभौमसत्ताका लागि पनि लडिरहेको बताउनुभएको बीबीसीले जनाएको छ । रुसी आक्रमणमा युक्रेनका धेरै बालबालिकाले ज्यान गुमाएको र लाखौँ विस्थापित भएकोमा भावुक हुँदै जेलेन्सीले यो विषय आफ्नो लागि सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताएको छ । अमेरिकासहितका देशले रुसमाथि लगाएको कडा प्रतिबन्धको स्वागत गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले रुसमा रहेका आफ्ना सबै व्यवसाय र कम्पनी फिर्ता ल्याएमा थप दबाब बढ्ने पनि उल्लेख गरेको छ । आफूले पटक–पटक युक्रेनलाई उडान निषेधित क्षेत्र घोषणा गर्न नेटोसँग माग गरे पनि यसको सुनुवाइ नभएकोमा असन्तुष्टि जनाउँदै जेलेन्स्कीले रुसी आक्रमणको प्रतिरोध गर्न थप जहाजहरू आवश्यक रहेको बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति